
सुर्खेत । सामाजिक कार्यमा सकृय रहेको धर्ती फाउन्डेसन कालीकोटले बिपन्न जनतालाई लक्षीत गरी एम्बुलेन्स सन्चालन मा ल्याएको छ । फाउन्डेसनले भारतिय दुताबासको सहयोगमा एम्बुलेन्स खरीद गरी कर्णालीमा एम्बुलेन्स सेवाको सुरुवात गरेको हो ।
गोल्डेनगेट कम्प्युटर तथा ट्युसन सेन्टर सुर्खेतले मंगलबार एक कार्यत्रमको आयोजना गरी धर्ती फाउन्डेसनका अध्यक्ष धर्मराज शाहि लाइ सुभकामना तथा धन्यबाद ज्ञापन गरेको छ ।

कार्यक्रममा बोल्दै फउन्डेसनका अध्यक्ष शाहिले यस एम्बुलेन्स ग्रामीण क्षेत्रका गरीब, अपाङ्ग, असक्त, ज्येष्ठ नागरिक र सुत्केरी महिलाहरुलाई स्वास्थ्य संस्थासम्म लैजान सहज होस भन्ने उदेश्यले एम्बुलेनस सन्चालनमा ल्याईएको बताउनुभयो । “गाउघरमा सुत्केरी हुन नसकेर आमाले अकालमा ज्यान गुमाउदाको पीडा, नबजात शीसुले ज्यान गुमाउदाको पीडा मैले मेरै आँखा देखे, महसुस पनि गरे । र अब मैले स्वास्थ्य क्षेत्रमा केहि न केहि गर्नुपर्छ भन्ने सोचले धर्ती फाउन्डेसनको स्थापना गरे । ” अध्यक्ष शाहिले भन्नुभयो “अगामी दिनमा डोकोमा बिरामी राखेर गाडि कतिबेला आउला र बिरामी लैजाउला भनेर कुर्नुपर्ने बाध्यताको अन्त्य होस भन्ने मेरो चाहाना हो ।”

साथै अध्यक्ष शाहिले गोल्डेन गेटमा अध्यन गर्दै आएका निम्न आय स्रोत भएका बिद्यार्थि एक जना र जेहेन्दार तथा उत्कृट अंक ल्याउने एक जना बिद्यार्थीलाई १०-१० हजारका दरले फाउनडेसनले सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।
फाउन्डेसनका अध्यक्ष शाहि कर्णाली जेसीस कालीकोटको अध्यक्ष समेत हुनुहुन्छ । उहाँले बिगत ८ बर्ष देखी सामाजिक क्षेत्रमा काम गर्दे आउनुभएको छ । धर्ती फाउन्डेसनले शीक्षा र स्वास्थ्य लाई बढि प्राथमीकता दिएर अन्य थुप्रै क्षेत्रमा पनि काम गर्ने गरेको छ ।



दर्शन खबर । २१ असार २०७९, मंगलवार