आगामी निती तथा कार्यक्रमका विषयमा सुझाव संकलन गर्दै मुख्यमन्त्री – शाही

सुर्खेत ।
कर्णाली प्रदेश सरकरले आागामी आर्थीक बर्षमा ल्याउने बजेट, निति तथा कार्यक्रमका विषयमा सुझाव संकलनलाई तिव्रता दिएको छ ।
कर्णार्ललीबाट संघिय संसदमा प्रतिनिधित्व गर्ने सांसद र नेकपाका कर्णाली प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सुझाव संकलन गरेका छन् ।
मुख्यमन्त्री शाहीको आयोजनामा भएको छलफल कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष र सचिवहरुले पूर्वाधारको क्षेत्रमा बहुसंख्यक जनताको पहुँच र लाभान्वीत हुुने गरी संरचना बनाउन सुझाव दिएका छन् । खासमा कर्णाली प्रदेश सरकारले उर्जा, पर्यटन, कृषि र जडिबुटीको विकास र प्रवद्र्धन हुने गरी निति तथा कार्यक्रम ल्यान सुझाव दिईएको सुर्खेत जिल्ला नेकपाका सचिव कृष्ण जिसीले बताए ।
कर्णाली प्रदेशका दशै जिल्लाका अध्यक्ष र सचिवलाई आगामी बजेटका निति तथा कार्याक्रमका विषयमा सुझाव संकलनका लागि छलफल गर्न बोलाउनु भएको थियो , जिसीले भने कर्णालीको विकासका लागि मुख्यगरी उर्जा, पर्यटन, कृषि र जडिबुटीको क्षेत्रको विकासका लागि ध्यान दिन सुझाव दिएका छौं ।
यसै गरी समाजिक सुरक्षाका क्षेत्रमा आर्थिक रुपमा कम्जोर र लक्षित वर्गमका लागि पनि प्रभावकारी कार्यक्रम संचालन गरिनु पर्ने सुझाव दिईएको सुर्खेत सचिव जिसीले बताए ।
कृषिमा जमिनको वर्गिकरण र उत्पादन लागतका आधारमा बजेट विनियोजन गरिनुपर्ने सुझाव नेकपाका जिल्ला नेतृत्वहरुले दिएका छन् । सुकुम्बासीको समस्या समाधानका लागि आवास तथा तथा एकीकृत वस्ती विकासमा जोड दिनु पर्ने र खासगरी क्लोनी मोडेलमा विकस गर्नु पर्नेमा जोड दिएका छन् ।
यसै गरी विकास निर्माण देखी आवश्यक क्षेत्रमा स्वयमसेवक परिचालनको विशेष योजना ल्याउन र स्वास्थ्य क्षेत्रमा स्थायी सेवा विस्तार नहुँदा सम्मा घुम्ती शिवर संचालन गर्नु पर्नेसुझाव दिएका छन् ।
दक्ष जनशक्ति निर्माणकालागि प्राविधिक तथा अनुसन्धानात्मक रुपपमा शिक्षाको विकास गरिनु पर्नेमा नेकपाका जिल्ला नेतृत्वले सुझाब दिएको जिसीले जनाए । साथै सम्बृद्धिको योजना विकास गर्दै समाजवादी समाजको विकास गर्नको लागि आधार तयार पार्न सरकारलाई सुझाईएको छ ।


तपाईको प्रतिक्रिया