भारतमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु

सुर्खेत / भारतमा स्कुले विद्यार्थी बोकेको बस दुर्घटनामा परेको छ । हिमाञ्चल प्रदेशको कुल्लु जिल्लाको साँज उपत्यकामा सोमबार बिहान बस दुर्घटनामा परेको हो ।

साँसेरबाट साँजतर्फ आउँदै गरेको निजी बस जाङ्ला गाउँ नजिकै सडकबाट तल खसेको बताइएको छ । बिहान ८:३० बजे भएको दुर्घटनामा विद्यालयका बालबालिकासहित १६ जनाको मृत्यु भएको बताइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन । बसमा ३० देखि ३५ यात्रु सवार थिए ।


तपाईको प्रतिक्रिया