एनएमवी बैंकले बनाई दियो सरस्वती प्राथमिक विद्यालयको छानो

पुर्ण बहादुर खड्का सुर्खेत / सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१६ लेहडास्थित रहेको सरस्वती प्राथमिक विद्यालयको छत (टिन) हावाले उडाउँदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका थिए।

उक्त समाचार विभिन्न मिडियामा प्रकाशनपछि एनएमबि बैंकले ५ लाख रूपैयाँ बढी रकम खर्चेर फेरि बलियो छतसहित पुनर्निर्माण गरिदिएको छ ।

एक कार्यक्रम गरेर बैंकले ४ कोठाको भवन पुनर्निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले विद्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको एनएमवी बैंक कर्णाली प्रदेशका एरिया ईन्चाज मित्रराज प्याकुरेलले जानकारी दिए ।
उनका अनुसार यो पहलमा दिनरात नभनि खटिनु भएका नगर सभापति उपेन्द्र खड्का र नेपाल तरुण दलका नगर सदस्य धर्मराज लामिछाने लाई विषेश धन्यवाद समेत दिएका छन् ।

गत जेष्ठ ६ गते साँझ आएको हावाहुरीका कारण विद्यालयको छत (टिन) उडाउदा विद्यार्थीहरु खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका थिए।

बैंकले वित्तिय कारोवार गर्ने थाहा भएपनि सामाजिक कार्यमा सहयोग गर्ने कुराले आफूहरु हर्षित भएको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले बताए। ‘सामाजिक कार्यमा एनएमवी बैंकको सहकार्यले शिक्षक, विद्यार्थी र अभिभावकमा खुसी छौं।’

प्रधानाध्यापक खड्काले भने, ‘वीरेन्द्रनगरकै विकट वडा भएकाले विद्यालयमा सेवासुविधा छैन। यस्तो अवस्थामा बैंकले गरेको सहयोग अतुलनीय रहेको बताए ।’

हावाहुरीले पाता उडाएको लामो समयसम्म पनि पुनर्निर्माणमा सरोकारवालाहरुले चासो दिएका थिएनन्।

जसका कारण विद्यार्थीहरु चौरमा बसेर बढ्नुपर्ने बाध्यता रहेको थियो। अब भने विद्यार्थीले धुलो र हिलोमा बसेर पढ्नु पर्न समस्या हटेको अभिभावकहरुले बताएका छन्।

Open photo

 

Open photo

Open photo

तपाईको प्रतिक्रिया