गुर्भाकोटमा बजार व्यवस्थापन समिती गठन, अध्यक्षमा सोनी


अम्मर राजवंशी । सुर्खेत । गुर्भाकोटमा नगरस्तरीय बजार ब्यवस्थापन समिति गठन गरिएको छ । शनिवार एक कार्यक्रमका बीच नगरस्तरीय समिति गठन गरिएको हो । समितिको अध्यक्षमा वीरबहादुर सोनी चयन हुनु भएको छ । गुर्भाकोट क्लबका अध्यक्ष तथा समाजसेवामा लागी परेका सोनीको नेतृत्वमा पहिलो नगरस्तरीय बजार व्यबस्थापन समिति गठन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी रहनु भएकी उपप्रमुख मैना बिकले यस गुर्भाकोट नगरस्तरीय बजार ब्यबस्थापन समितिले बजार व्यवस्थापनको क्षेत्रमा आफुले सोचे भन्दा राम्रो काम गर्ने विश्वास लिएको बताउनुभयो ।
बजार व्यवस्थापन समितीलाई नगरपालिकाबाट हुने सम्पुर्ण सहयोग गर्न नगरपालिका तयार रहेको समेत उहाँको भनाई रहेको थियो ।
वडा नम्वर ८ का वडा अध्यक्ष किरण कुमार बिकले नगरपालिकामा पहिलो नगरस्तरीय समिति भएको र यसले सम्पुर्ण नगरभित्रका ब्यापारलाई सहज बनाउने अपेक्षा लिएको बताउनुभयो ।
बजार व्यवस्थापन समितीका अध्यक्ष वीरबहादुर सोनीले गुर्भाकोट नगरक्षेत्रभित्र रहेको बजारलाई व्यवस्थापन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बिकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्वर ८ का वडा अध्यक्ष किरण कुमार बिक, विभिन्न राजनीति दलका प्रतिनिधिहरु लगाएत व्यापारीहरुको सहभागीता रहेको थियो ।

 

तपाईको प्रतिक्रिया