सुर्खेत / बाँकेमा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–६ हिरमिनियाका लच्छु प्रसाद बर्माका १७ वर्षीय छोरा राजन वर्माको पोखरीमा डुबेर मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका ६ स्थित इट्टा भट्टाको खाल्डोमा नुहाउन गएका राजनको डुबेर मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । बिहीबार दिउँसो नुहाउन गएका बालक धेरै बेरसम्म पोखरीबाट ननिस्केपछि उनको साथमा गएका साथीहरूले घरमा खबर गरेका थिए ।
लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा पोखरीमा खोजी गर्दा बिहीबार अबेर राती शव भेटिएको प्रहरीले जनाएको छ ।


दर्शन खबर । १७ असार २०७९, शुक्रबार