नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले भेटे प्रधानमन्त्रीलाई

सुर्खेत / नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका हुन्।

यस क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश देउवालाई सुनाए। उनले दुई देशबीचको मैत्रीसम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।


तपाईको प्रतिक्रिया