नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न हिजो उहाकै निवास बालकोटमा पुग्नुभएका गौतमले आफ्नो अभियानबारे जानकारी दिँदै विभाजित कम्युनिष्ट पार्टी मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
गौतमले कम्युनिष्ट पार्टीबीचको एकताका विषयमा पनि कुरा भएको ओलीको सचिवालयले जनाएको छ । गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका कम्युनिष्ट नेतासँग पनि वाम एकताका विषयमा छलफल गर्ने अभियानका केन्द्रीय सदस्य निमकान्त पाण्डेले जानकारी दिनुभयो ।


दर्शन खबर । १७ असार २०७९, शुक्रबार