सुर्खेत / असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा भोली औपचारिक रुपमा १९औँ धान दिवस मनाइँदै छ । विश्वमा झन्डै चार अर्ब जनताको प्रमुख खाद्यान्न बाली चामल हो । धान उत्पादन गर्ने मध्येमा नेपाल १७औँ स्थानमा पर्छ । विश्वका ६४ देशमा धान रोपाइँ हुन्छ । नेपालीको प्रमुख खाद्यान्न बाली चामल हो ।
धानको महत्त्व र गरिमा संस्कृतिसँग पनि जोडिएको छ । असार पन्ध्रकै दिन नेपालमा दही चिउरा खाने प्रचलन पनि छ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणले प्रत्येक वर्षको असार १५ लाई धान दिवस मनाउने निर्णय गरेपछि जनस्तरमा समेत स्थानीय कृषि सहकारी संस्था तथा अन्य समूहले पनि औपचारिक रूपले धान दिवस मनाउँदै आएका छन् ।
यसवर्ष धान दिवसको नारा “धानबालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग” भन्ने रहेको छ । सरकारी आँकडा अनुसार झन्डै ३१ लाख हेक्टर जमिन खेतीयोग्य रहेकामा ४७ प्रतिशत जमिनमा मात्र रोपाइँ हुन्छ ।


दर्शन खबर । १४ असार २०७९, मंगलवार