मदन भण्डारीको ७१ औं जन्मजयन्ती आज

सुर्खेत / नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज मंगलबार ७१ औँ जन्मजयन्ती मनाइँदैछ ।

जन्मजयन्तीका अवसरमा एमाले र उसका विभिन्न भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउँदैछन् । वि.स . २००९ साल १४ असार  गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार मानिन्छ ।

उहाँले प्रतिपादन गर्नुभएको नेपाली क्रान्तिको मौलिक सिद्धान्त अर्थात जनताको बहुदलीय जनवाद ९जबज० लाई आज पनि एमालेले मुख्य राजनीतिक सिद्धान्तको रुपमा लिने गरेको छ ।

भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते जीप दुर्घटनामा परी रहस्यमय निधन भएको थियो ।

 


तपाईको प्रतिक्रिया