कर्णाली प्रदेश सरकारले सुर्ती तथा मदिराजन्य बाहेकका उद्योगको शुल्कमा छुट दिइने

सुर्खेत – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताउनुभएको छ ।

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमूलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखित पारित गर्दा लाग्ने रजिष्टे«शन शुल्कमा शतप्रतिशत छुट दिनेगरी ०७९/८० को नीति तथा कार्यक्रम र बजेट ल्याइएको बताउनुभयो ।
कर्णाली प्रदेशमा उद्योग व्यवसायीको आकर्षण र सहजताका लागि सरकारले रजिष्टे«शन शुल्कमा शतप्रतिशत छुट गरेको उहाले बताउनुभयो ।

दुई वा दुईभन्दा बढी पक्षले आपसी सहमतिमा कृषि प्रयोजनका लागि जग्गाको चक्लाबन्दी गर्न हक हस्तान्तरण गर्दा लाग्ने रजिष्टे«शन शुल्कमा ५० प्रतिशत छुट दिन लागेको मुख्यमन्त्री शाहीले बताउनुभयो । प्रदेशभित्र स्थायी ठेगाना भएका नागरिकको स्वामित्वमा रहेको अन्य प्रदेशमा दर्ता भएका सवारीसाधन प्रदेशभित्र सरुवा दर्ता गर्दा त्यस्तो सरुवा दर्ता शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको उहाले बताउनुभयो ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता विन्दमान विष्टले सार्वजनिक, निजी र सहकारी क्षेत्रसँग साझेदारीमा उपलब्ध स्रोतसाधन उत्पादनशीलमा क्षेत्रमा परिचालन गर्न लगानीमैत्री वातावरण सिर्जना गरी कर्णाली प्रदेशलाई आकर्षक लगानी गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रहेको जनाउनुभयो ।

प्रवक्ता विष्टका अनुसार प्रदेश सरकारले बजेटको प्राथमिकतामा उत्तरदायी शासकीय प्रबन्ध, शान्ति सुरक्षाको प्रत्याभूति, भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र गुणस्तरीय तथा पहुँचयोग्य सार्वजनिक सेवा प्रवाह रहेको उहाले बताउनुभयो ।


तपाईको प्रतिक्रिया