सुर्खेतमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

सुर्खेत – सुर्खेतमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास गरिएको छ ।

मनसुन समय सुरु भैसकेको छ यो समयमा बाढी र डुबान जस्ता बिपदहरुबाट धेरै नागरिकहरु प्रभावित हुने गर्दछन । यस्ता विपदबाट समाजलाई सुरक्षित राख्न र प्रतिकार्यका लागि तयार रहन आज सशस्त्र प्रहरी बल, नेपाल नं ३२ गण रक्तकालीकाले बराहताल गाउँपालिका२ रानिघाटमा कृत्रिम घटना अभ्यास गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३२ गण रक्तकालीले आयोजना गरेको घटना अभ्यासमा बाढी, डुबान र पानीजन्य अन्य विपद् मा परेका व्यक्तिलाई खोज उद्धार गर्ने विभिन्न बिधिहरुबारे सशस्त्र प्रहरी बलका जवानहरुले विपद्कला प्रदर्शन गरेका थिए ।

विपद्को समयमा एकजुट भई कार्य गर्न आग्रह गर्दै रक्तकाली गणका निमित्त बाईने पट्टि निर कृष्ण अधिकारीले घटना अभ्यास कार्यक्रमबाट विपद्को समयमा खोज उद्धार लगायतका विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्न आफ्नो तयारी र क्षमता मापन गर्न सकिने बताए ।

विपदको समयमा हुन सक्ने सम्भावित घटनामा छिटो र छरितो रुपमा उद्दारमा खटिन सहयोग पुग्ने रक्तकाली गण सुर्खेतका एसपी विमल डाँगी बताउँछन् । ‘हामीसँग जनशक्ति तयारी अवस्थामामै रहन्छ, तर उनीहरुलाई विपदको बेला कसरी खटाउने र उद्दारमा खटिदा अपनाउनु पर्ने विषयमा अभ्यस्त हुन सिकाउँछ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो बर्ष प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमान गरिएको छ । यस्ता प्रकोपबाट हुने क्षती न्युनिकरण र विपदमा परेका नागरिकलाई उद्दार गर्न कृत्रिम घटना अभ्यासले सहयोग पुर्याउछ ।


तपाईको प्रतिक्रिया