सुर्खेत – नेकपाका केन्द्रीय महासचिव नेत्र बिक्रम चन्द (विप्लव) सुर्खेत आएका छन् । नेकपा पार्टीको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा हुने १ दिने वैचारिक प्रशिक्षण कार्यक्रमका लागि विप्लव शुक्रबार सुर्खेत आएका हुन् ।
पार्टीको केन्द्रीय समितिको आयोजनामा भेरी व्युरो स्तरीय केन्द्रीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमका लागि पार्टीका महासचिव विप्लव सुर्खेत पुगेका हुन् ।
प्रशिक्षण कार्यक्रममा सुर्खेत ,दैलेख र जाजरकोट लगायतका अन्य जिल्लाका पार्टी सदस्य र जनवर्गिय संगठनका केन्द्रीय सदस्यहरु सहभागिता रहने जनाईएको छ ।
कार्यक्रम वीरेन्द्रनगर नगरपालिका–१० स्थित होटल अशोकाको सभाहलमा हुने बताईएको छ ।


दर्शन खबर । ३ असार २०७९, शुक्रबार