सुर्खेत – जिल्लाको बराहताल गाउँपालिका -४ स्थित भेरी नदीमा पक्की पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर सम्पन्न भएको छ । सोमबार वडा नं– ४ को तरंगामा दुई सय ३० मिटर लामो पुलको डीपीआर भएको हो ।
डीपीआर पश्चात माटो परीक्षणको कार्य भई रहेको पालिका अध्यक्ष भिमबहादुर भण्डारीले बताए । भण्डारीका अनुसार परीक्षणको रिपोर्ट आउन एक महिना लाग्ने भन्दै उक्त रिपोर्ट आएपछि मात्रै पुल निर्माणमा लाग्ने लागतका बारेमा भन्न सकिने जानकारी दिए ।
बराहताल-८ को हुर्केदेखि तरंगासम्म यसअघि सडक स्तरोन्तीका लागि विनियोजित एक करोड समपुरक बजेटमा पुनः एक करोड थप गरी स्तरोन्तीको कार्य सुरु हुन लागेको अध्यक्ष भण्डारीको भनाइ छ । चुनावमा प्रतिबद्धता गरे अनुरुप सडक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाएको भण्डारीले जानकारी दिए ।


दर्शन खबर । ३० जेष्ठ २०७९, सोमबार