सुर्खेत – जिल्ला समन्वय समिति सल्यानको निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ ।
आइतबार खलङ्गामा सम्पन्न निर्वाचनबाट प्रमुखमा काँग्रेसका तर्फबाट बेलाराम रावल र उपप्रमुखमा माओवादी केन्द्रको तर्फबाट असबिर बुढाथोकी निर्वाचित भएका छन् ।
समन्वय समिति सल्यानको निर्वाचनमा नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी बिच गठबन्धन भएको थियो ।काँग्रेसको तर्फबाट प्रमुखमा बेलाराम रावत १५ मत ल्याएर निर्वाचित हुनुभएको हो भने उपप्रमुखमा असविर बुढाथोकीले १४ मत ल्याइ विजयी हुनुभएको छ ।
निकटतम प्रतिद्वन्द्वी एमालेकी नारायणी खत्रीले प्रमुखमा ५ र उपप्रमुखमा बेल बहादुर चन्दले पनि समान ५ मत ल्याउनुभएको थियो ।सदस्यमा गठबन्धनको तर्फबाट चेतबहादुर गिरीले १५, बालकृष्ण भण्डारीले १५, हरीलाल खत्रीले १५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
यस्तै, महिला सदस्यहरूमा बिन्दु पुनले १४, विमलाकुमारी खत्रीले १४, हिराकुमारी चन्दले १५ मत प्राप्त गरी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दलित अल्पसङ्ख्यक सदस्यमा जमुना विकले १४ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
यस्तै, नेकपा एमालेको तर्फबाट सदस्यमा डुमबहादुर खत्रीले ५ ढकबहादुर रावलले ५ महिला सदस्यमा होमकुमारी बुढा मगरले ५ दलित वा अल्पसङ्ख्यकतर्फ विष्णु वली राजीले ५ मत प्राप्त गर्नुभएको छ ।
२० मतदाता रहेको सल्यानमा नेपाली काँग्रेस ८, नेकपा माओवादी केन्द्रको ६, नेकपा एमाले ५ र एकिकृत समाजवादी १ मतदाता रहेको छ ।


दर्शन खबर । २९ जेष्ठ २०७९, आईतवार