सुर्खेत – सुर्खेतको भेरी गंगा नगरपालिकाको हर्रेडाँडा तरकारीको केन्द्र बन्दै हर्रेडाँडा ताजा, हरियो तरकारी र फलफूलको केन्द्रका रुपमा परिचय बनाउँदै आएको छ ।
नेपालगन्ज जाजरकोट हुँदै डोल्पा राजमार्ग तथा नेपालगन्ज रारा राजमार्गको मुख्य विन्दुको रुपमा रहेको हर्रेडाँडा बर्दिया राष्ट्रिय निकुन्जको छेउमा रहेको छ ।
यो रुटमा यात्रा गर्दा धेरै सर्वसाधारणहरूले यहाँको तरकारी लिने गर्दछन्। अधिकांश सञ्चार माध्यमको टावर रहेको अग्लो डाँडा हर्रेमा तरकारीको लागि पनि महत्व रहँदै आएको छ ।





दर्शन खबर । २९ जेष्ठ २०७९, आईतवार