बाँकेको कोहलपुरका विद्यालयहरुमा भोलि देखि लगातार ५ दिन गर्मी बिदा

सुर्खेत – कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले भोलि देखि लगातार ५ दिन गर्मी बिदा दिएको छ ।

बिहीबार शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना प्रकाशित गर्दै उक्त बिदा दिएको हो ।

केही दिनदेखि अत्याधिक गर्मी भई दैनिक जीवन कष्टकर हुँदै गइरहेको अवस्थामा पठनपाठन सञ्चालन गर्न समस्या रहेको हुँदा उक्त समस्यालाई मध्यनजर गर्दै जेष्ठ २७ गते शुक्रवारदेखि ३१ गतेसम्म बिदा दिइएको शिक्षा शाखा प्रमुख रविलाल मिजारले जनाएका छन ।

साथै आवश्यकताका आधारमा प्रशासनिक कार्य तथा पूर्व निर्धारित परीक्षाहरू नियमित हुनुका साथै मौसम अनुकुलताका आधारमा बिदामा पुनर्विचार हुनसक्ने जनाइएको छ ।


तपाईको प्रतिक्रिया