हिजो अपराह्न करिब साढे ४ बजे डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित राप्ती पुल नजिकै नुहाउने क्रममा दुवै जना बेपत्ता भएका थिए। नुहाउने क्रममा ती दुई युवक पौडी खेल्न नआएका कारण डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले जनाएको छ। नेपालगञ्ज १ धम्बोझीमा कोठा लिएर बस्दै आएका उनीहरू मलामी गएका थिए। साँझ अबेरसम्म पनि घर नआएपछि राप्ती नदीमा खोजतलास गर्ने क्रममा नदीको छेउमा उनीहरूले लगाएको कपडा र मोबाइल फेला परेपछि उनीहरू नदीमा डुबेको आंशका गरिएको थियो ।
राती अबेरसम्म खोजी गर्दा फेला नपरेपछि आज बिहान पुनः नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नदीमा खोजतलास गर्दा शव फेला पारेको बाँके प्रहरीले जानकारी दिएको छ। मृतक युवकहरू नेपालगञ्ज १ स्थित धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएर बसेका थिए। दुवैको शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल लगिएको छ।


दर्शन खबर । २६ जेष्ठ २०७९, बिहीबार