सुर्खेत – सुर्खेतमा लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा, वीरेन्द्रनगर नगरपालिका–५ चिसापानी बस्ने १७ वर्षीय किशोर रहेका छन । उनलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको हो ।
ति किशोरलाई वीरेन्द्रनगर नगरपालिका–५ विहानी टोलबाट १ सय ४० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


दर्शन खबर । २५ जेष्ठ २०७९, बुधबार