बर्दियाको मधुवनमा गोली चल्दा १ जनाको मृत्यु

सुर्खेत – बर्दियामा जंगली जनावरबाट सुरक्षाको माग गर्दै भएको प्रदर्शनमा १ जनाको मृत्यु भएको छ । प्रहरीले भीड नियन्त्रणमा लिन दर्जनौं अश्रुग्यास प्रहार गरेको छ भने स्थानीय घाइते भएका छन् ।

बाघको आक्रमण बढेपछि मधुवन–२ चमेली गौडी सामुदायिक वनका अध्यक्ष कालीराम थारुको नेतृत्वमा चक्काजाम गरिएको छ । चक्काजाम भएपछि गुलरिया–राजापुर सडकखण्ड बन्द भएको छ ।


तपाईको प्रतिक्रिया