सुर्खेतमा भरुवा बन्दुकसहित २ जना पक्राउ

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोइलीबाट एक थान एकनाले भरुवा बन्दुक, ७ थान सिसाको टुक्रा र १ थान खुकुरीसहित २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका ९ लाटीकोइली बस्ने ३९ वर्षीय कृष्ण भन्ने सुरज राना र २२ वर्षीय समिप श्रेष्ठ रहेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले सुरज रानाको घरबाट उक्त हातहतियार सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तपाईको प्रतिक्रिया