सुर्खेत – मुगुमा लेक लागेर एक जनाको मृत्यु भएको छ । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर मृत्यु भएको हो।शुक्रबार दिउँसो लेक लागेर मुगम कार्मारोङ–७ का १६ वर्षीय असल तामाङको मृत्यु भएको प्रहरी जनाएको छ।
टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ–७ का वडाध्यक्ष सशांक लामाले जानकारी दिए।


दर्शन खबर । २१ जेष्ठ २०७९, शनिबार