सल्यान – भेरी नदीमा पौडी खेल्न जाँदा बेपत्ता भएकी बालिका तीन दिनपछि मृत फेला परेकी छन् ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिका ३ काराकी अन्दाजी १४ वर्षीया गीता वि.क को शव बनगाड कुपिण्डे नगरपालिका ११ सिस्नेपातल नजिकै शुक्रवार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
बेपत्ता भएको स्थानबाट भन्दा झन्डै ६ किलोमिटर तल भेरी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिनुभयो ।


दर्शन खबर । २० जेष्ठ २०७९, शुक्रबार