निजामती कर्मचारी संगठन भेरीगंगाद्वारा नयाँ जनप्रतिनिधीहरुलाई स्वागत


सुर्खेत । नेपाल निजामती कर्मचारी संगठन भेरीगंगाले नवनिर्वाचीत जनप्रतिनिधीहरुलाई स्वागत गरेको छ । मंगलबार नेपाल निजामती संगठन नगर ईकाई समिती भेरीगंगाकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएका नगर प्रमुख यज्ञ प्रशाद ढकालले जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्न कर्मचारीहरुलाई सुझाव दिनुभएको छ । समृद्ध भेरगिंगा निर्माण गर्नका लागी जनप्रतिनिधी र कर्मचारी एक आपसमा समन्वय गरी अगाडी बढ्नु पर्ने उहाँले बताउनुभयो । यस्तै सेवा प्रवाहलाई जनमैत्री बनाउनकालागी बोली, भाषा र सेवाग्राही संगको व्यवहार सरल हुनुपर्ने नगर प्रमुख ढकालको भनाई रहेको थियो ।
कार्यक्रमका विषेश अतिथि रहनु भएकी नगर उपप्रमुख धनसरा बोहोराले भेरीगंगा नगरपालिका कर्णाली प्रदेशकै प्रदेशद्वार भएको कारण विकासको सम्भावना भएको भन्दै जनप्रतिनिधी र कर्मचारी एक आपसमा मिलेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेशका ईन्चार्ज प्रयागराज शर्माले जनप्रतिनिधी र कर्मचारीविच मजबुत सम्वन्ध भएमात्र गुणस्तरीय र जनमैत्री सेवा प्रवाह गर्न सकिने भन्दै शर्माले जनप्रतिनिधी शासक नभई सेवक बन्नु पर्ने बताउनुभयो ।

नेपाल निजामती कर्मचारी संगठन भेरीगंगा नगर ईकाई समितीका अध्यक्ष पिताम्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सदस्य ऋषीराम खराल, एमाले भेरीगंगा नगर कमिटीका अध्यक्ष नर बहादुर थापा, पेशागत महासंघका केन्द्रीय सदस्य शंकर भट्टराई, निजामती कर्मचारी संगठन सुर्खेतका सचिव धर्मराज पौडेल कोषध्यक्ष दिनेश खड्का, निजामती कर्मचारी संगठन कर्णाली प्रदेशका सदस्य मान बहादुर रावत, निजामती कर्मचारी संगठन भेरीगंगाका कोषाध्यक्ष उज्वल रावत तथा १३ वटै वडाका जनप्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रमको संचालन निजामती कर्मचारी संगठन भेरीगंगाका सचिव डम्मर ढकालले गर्नु भएको थियो


तपाईको प्रतिक्रिया