सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिकाले गाउँपालिकामा एउटा विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने भएको छ । गाउँपालिकाका प्रमुख बोध विक्रम जिसी र उपप्रमुख मिना कुमारी रोकायले सोमबार पदभार ग्रहण गरेपछि पहिलो निर्णयका रुपमा गाउँपालिका भित्र एक वटा नमूना विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाभित्र रहेका माध्यामिक विद्यालय मध्य एक विद्यालय छनौट गरी प्राविधि शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । त्यसका लागि ‘अध्यक्ष नमूना विद्यालय कार्यक्रम सञ्चालन गर्ने’ निर्णय गरेको गाउँपालिका अध्यक्ष बोधविक्रम जिसीले जानकारी दिए ।
नमूना विद्यालय सञ्चालनका लागि निश्चित कार्यविधि बनाइने र सोही अनुसार कार्यक्रम सञ्चालन गर्ने जिसीले बताए । यस्तै चिंगाडका छ वटै वडा जोड्ने चक्रपथ निर्माण गर्नेपनि निर्णय गरेका छन् ।


दर्शन खबर । ९ जेष्ठ २०७९, सोमबार