दैलेखमा ५ दिने उद्घोषण तथा आधारभूत तालिम सुरु

यामराज बिष्ट
दैलेख । दैलेखमा ५ दिने उद्घोषण तथा आधारभूत तालिम सुरु भएको छ ।
रेडियो धुब्रतारा सामुदायिक एफ एम दैलेखको आयोजनमा सुरु भएको हो ।
संञ्चालन हुने ५ दिने उदेघोषण तथा आधारभुत तालिमका सभापति समेत रहेका नरेन्द्र थापाले पत्रकारिता क्षेत्र आफैमा चुनौति पुर्ण भएको भन्दै संवेदनशित तरिकाले काम गर्नुपर्ने बताए ।
उद्घाटन कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले समाज परिबर्तनको लागी पत्रकारहरुको ठुलो भुमिका रहने बताए ।
अबको पत्रकारीता खोजमुलम हुनुपर्ने भन्दै उनले समाज परिवर्तन गर्न जातिय भेदभाव अत्य गर्ने खालका समाचार बहिर ल्याउन सबै पत्रकारहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा नारायण नगरपालीका दैलेख नगरप्रमुख रत्न बहादुर खड्काले समाजमा रहेका सत्य तथ्य समाचार बाहिर ल्याउनुहोस र केहि परिवर्तन हुने खालका समाचारमा कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।
पाँचदिन भित्र सिकेका कुरा ब्यवबारमा उर्तान प्रशिक्षार्थिहरुलाई अनुरोध गरे । नेपाल पत्रकार महासघंका दैलेखका अध्यक्ष तथा रेडियो धुब्रतारा एफ एम दैलेखका स्टेसन म्यानेजर चक्र केसीले आफुले सिकेका कुरा ब्यवहारमा उर्तान आग्रह गरे ।
कार्यक्रममा ३० जना भन्दा बढि प्रतिक्षार्थीले तालिम लग्ने छन्।
कार्यक्रममा बिभिन्न संघ सस्थाका प्रतिनिधीको उपस्थिती थियो ।


तपाईको प्रतिक्रिया