को हुन लेकवेशी ७ का वडा अध्यक्ष रुद्र बहादुर नेपाली ?

 


सुर्खेत । २०७९ साल बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा लेकवेशी नगरपालिका वडा नम्वर ७ मा नेकपा एमालेका रुद्र बहादुर नेपाली विजयी भएका छन् । २०४३ साल पौष ९ गते बुवा कर्ण बहाहदुर सार्की (लाल बहादुर) र आमा सुकुन्द्रा सार्कीको कोखबाट जन्म रुद्र नेपालीले जन्म लिएका हुन् । कल्याणको लवनामा सामान्य घरपरिवारमा हुर्किएका रुद्र बहादुर नेपाली अहिले वडा अध्यक्ष भई जनताको सेवामा लागी परेका छन् । सामान्य रुपमा बाल्यकाल विताएका नेपालीले लक्ष्मी प्राथमिक विद्यालयबाट आधारभुत तहको शिक्षा सुरु गरेका थिए ।

कक्षा १ देखी ५ सम्म लक्ष्मी प्रथमिक विद्यालयमा अध्ययन गरेका नेपालीले कक्षा ५ देखी ८ सम्म सरस्वती माद्यामीक विद्यालय कल्याणमा अध्ययन गरे । कक्षा १ देखी कक्षा ८ सम्म अध्ययन गर्दा कक्षामा राम्राे नतिजा ल्याउदै अगाडी बढे । कक्षा ९ र १० नेपाल राष्ट्रीय माद्यामीक विद्यालय डाँडा स्कुल वीरेन्द्रनगरबाट उत्तीर्ण गरे । १० कक्षा पश्चातको शिक्षा हासिल गर्न उनी वीरेन्द्रनगर बहुमुखी क्याम्पसमा भर्ना भए र ११ र १२ कक्षा वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट उत्तीर्ण गरे । सानै देखी सामाजिक काममा रुची राख्ने नेपाली क्यापस पढ्दै गर्दा २०६० सालमा अनेरास्वीयूमा आवद्ध भई आफ्नो राजनीतिक यात्रा सुरु गरे । अनेरास्वीयुबाट आफ्नो राजतीतिक यात्रा सुरु गरेका रुद्र बहादुर नेपालीले विस्तारै नेकपा एमाले पार्टीको शक्रीय राजनीतीमा लागी परे । सामान्य परिवारमा बाल्यकाल विताएका नेपालीलाई राजनितीमा उदय हुन त्यती सहज भने थिएन , तर पनी समाजको सेवामा निरन्तर लागीरहेका नेपालीले पार्टीमा पनी राम्राे छवि बनाउन सफल भए । अहिले उनी नेकपा एमाले लेकवेशी वडा नम्वर ७ को वडा कमिटीको सचिव समेत रहेका छन् । पितृ सतात्मक सोच भएको नेपालमा सबैलाई राजजितीमा अगाडी आउन कहाँ सहज थियो दलित समुदायबाट प्रतिनिधित्व गर्दै आईरहेका रुद्र २०७४ सालको स्थानिय तहको निर्वाचनमा लेकवेशी नगरपालिका वडा नम्वर ७ बाट वडा सदस्यमा निर्वाचित भए ।

त्यस पस्चात उनी पाँच वर्ष सम्म दिन रात नभनी जनताको सेवामा खटिरहे । लेकवेशी नगरपालिकाको न्यायीक समिती सदस्य समेत भएर पाँच वर्षे कार्यकाल विताएका नेपाली अहिले वडा नम्व्र ७ को वडा अध्यक्षमा निर्वाचीत भएका छन् । वडा अध्यक्षमा निर्वाचीत भए पश्चात वडा नम्वर सातलाई लेकवेशीकै नमुना वडा बनाउने अभियानमा लागेको उनी बताउँछन् ।

 


तपाईको प्रतिक्रिया