आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ

सुर्खेत – आठ वर्षअघि किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । किशोरीले सौन्दर्य प्रतियोगिताका नाममा आफूलाई आठ वर्षअघि आफूलाई पटक पटक बलात्कार गरेको आरोपमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले पाण्डेलाई काठमाण्डौबाट पक्राउ गरेको जानकारी दिएका छन् । किशोरीले सामाजिक सञ्जालमा भिडिओ राखेदेखि नै पाण्डेलाई निगरानी गरिएकोमा आज पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ । उनलाई कुन कानुनमा टेकेर मुद्दा चलाउने भन्ने विषयमा अहिले कानुनका ज्ञातासँग परामर्श गरिरहेको पनि स्रोतले जनाएको छ ।

‘एक वर्षको हद म्यादका कारण साधारण हिसाबले बलात्कारको मुद्दा चलाउन समस्या छ त्यसैले अरु कुनै कानुन आकर्षित हुन्छ कि भनेर पनि परामर्स भइरहेको छ’, स्रोतले भनेको छ ।

पीडित युवतीले पनि जाहेरी दिने क्रममा रहेको प्रहरीको भनाई छ । ‘हामीले अस्ति र हिजो पीडित युवतीलाई भेटेर मनोपरामर्श दियौँ, अहिले उहाँ जाहेरी दिने तयारीमा हुनुहुन्छ’, स्रोतले भन्यो । उज्यालो अन्लाईन

तपाईको प्रतिक्रिया