सल्यानमा हावाले घरको छाना उडाउँदा १ जना घाइते

सल्यान । सल्यानमा हावाले घरको छाना उडाउँदा १ जना घाइते भएका छन्।

जिल्लाको कुमाख गाउँपालिका १ भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन्।

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। पर्ते वादीको ३ कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए।

तपाईको प्रतिक्रिया