चामुण्डा विन्द्राशैनीमा जनताका समस्या सम्बोधनका लागि निःशुल्क टोल फ्री सेवा 

दैलेख । दैलेखको चामुण्डा विन्द्राशैनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गणेश कुमार शाहीले जनताका समस्या सम्बोधनका लागि नगरपालिकामा निःशुल्क टोल फ्रि सेवा संचालन गर्ने निर्णय गरेका छन्।

शुक्रवार नगर प्रमुखको पदभार ग्रहण गर्दै साहीले नागरिक र स्थानीय सरकार बीच सुमधुर सम्बन्ध विकास भई प्रभावकारी सेवा प्रधानमा टेवा पुर्‍याउने उद्देश्यले नगरपालिकामा निःशुल्क टोल फ्रि सेवा संचालन सेवा सञ्चालन गर्ने निर्णय गरेका हुन्।

नगर प्रमुख शाहीले नगरपालिकाको भूगोलमा यातायातको सहज पहुँच नभएकाले नगरको मुकामबाट टाढा छरिएको बस्तीको नागरिकले नगर सरकारसँग सीधै आफ्ना जन गुनासा सम्पर्क गर्न सहजताका लागि टोल फ्रि संचालन गर्ने निर्णय गरिएको दर्शन खबरलाई बताए।

उनले जनस्तरबाट आएका जुनसुकै गुनासाहरूको सुनुवाइ नगर प्रमुखले गर्ने बताए। नगर प्रमुख साहीले नागरिक स्तरबाट आएका गुनासाहरूको तत्काल सुनुवाइ गरी समस्याको समाधान गर्न लाग्ने दर्शन खबरलाई बताए।


तपाईको प्रतिक्रिया