सुर्खेतको भेरीगंगा नगरपालीका वडा नं ११ मा नेकपा एमाले र १२ नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा नं ११ को वडाध्यक्षमा नेकपा एमालेका जय बहादुर नेपाली निर्वाचित भएका छन । उनले १ हजार १ सय १६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जसविर वलीले ९ सय २३, नेकपा माओवादीका जितेन्द्र वि. सीले ५० र राष्ट्रिय प्रजातन्त्र पार्टीका कर्ण बहादुर शाहीले १४ मत प्राप्त गरेका छन ।यसैगरी नेकपा एमालेका महिला सदस्य बलिसरा खत्रीले १ हजार १ सय ६ नेकपा एमालेकी दलित महिला सदस्य भिमा विकले १ हजार १ सय १३ मत ल्याएकी छन ।
नेकपा एमालेका सदस्यहरुमा अम्मर बहादुर चन्द ठकुरीले १ हजार ८० र छबिलाल सुनारले १ हजार ८९ मत ल्याएर निर्वाचित भएका छन । यस्तै भेरीगंगा नगरपालीका वडा नं १२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा नं १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका राम बहादुर डाँगी निर्वाचित भएका छन ।
उनले ९ सय ७५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन ।उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मेग बहादुर विश्वकर्माले ६ सय ८७, नेकपा माओवादीका सनत खड्काले २७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका धन बहादुर रानाले १७ मत प्राप्त गरेका छन ।
यसैगरी कांग्रेसकी महिला सदस्य इन्द्रकुमारी खड्काले ९ सय ३५ मत प्राप्त गरी विजयी भएकी छन भने नेपाली कांग्रेसकी दलित महिला सदस्य देवी चुनाराले ९ सय ६७ मत ल्याएकी छन । नेपाली कांग्रेस सदस्यहरुमा हरि प्रसाद सुवेदीले ९ सय २५ र इन्द्रलाल गिरीले ९ सय १६ मत ल्याएर निर्वाचित भएका छन ।


दर्शन खबर । ४ जेष्ठ २०७९, बुधबार