डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट गुरुङ विजयी

डोल्पा। डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार कार्मा छोइवेल गुरुङ विजयी भएका छन् । गुरुङले ५३५ मतका साथ माओवादी केन्द्रका तेम्बा गुरुङलाई पराजित गरेका हुन् ।

तेम्बाले ३०२ मत मात्रै ल्याए । पराजित भएका तेम्बा गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत हुन् । गाउँपालिकाको उपाध्यक्षमा भने यसअघि नै एकीकृत समाजवादीका पेम्मा धोर्चे गुरुङ निर्विरोध निर्वाचित भइसकेका छन् ।


तपाईको प्रतिक्रिया