
सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्वर ३ लेखपराजुलमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले जम्मा १ मत पाएका छन् । अध्यक्षमा उम्मेदवारी दिएका माओवादी केन्द्रका बुद्धी बहादुर दमाईले १ मत पाएका हुन् ।
भरीगंगा नगरपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेसका जित बहादुर नेपालीले ६ सय ८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विशाल पुनले ५ सय २९ मत प्राप्त गरेका छन् । अहिले विजयी भएका जित बहादुर नेपाली २०७४ को निर्वाचनमा पनी भेरीगंगा नगरपालिका वडा नम्वर ३ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।



दर्शन खबर । ४ जेष्ठ २०७९, बुधबार