सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालीका वडा नं ९ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नं ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रेम बहादुर आग्री निर्वाचित भएका छन । उनले ८५७ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका बिरजित बस्यालले ५५५, नेकपा माओवादीका सहविर महर कामीले २५ र स्तन्त्रका लक्ष्मुन रानाले ११८ मत प्राप्त गरेका छन ।
यसैगरी कांग्रेसका महिला सदस्य गंगा रोकायले ८८५ मत प्राप्त गरी विजयी भएकी छन भने नेपाली कांग्रेसका दलित महिला सदस्य लक्षीमा कामीले ८१६ मत ल्याएकी छन । नेपाली कांग्रेस सदस्यहरुमा ईश्वर पोखरेलले ८२२ र धन बहादुर कामीले ८१३ मत ल्याएर निर्वाचित भएका छन ।


दर्शन खबर । ४ जेष्ठ २०७९, बुधबार