लेकवेशी ४ मा नेपाली कांग्रेस र ७ मा नेकपा एमालेको प्यानल विजयी

सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालीका वडा नं ४ मा नेपाली कांग्रेस र ७ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा नं ४ को.वडाध्यक्षमा नेपाली कांग्रेसका लोकेन्द्र थापा निर्वाचित भएका छन । उनले ६१८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका कर्ण बहादुर राना मगरले ५३९ राष्ट्रिय प्रजातन्त्र पार्टीका लाल बहादुर खरालले १०६ मत प्राप्त गरेका छन ।

यसैगर नेपाली कांग्रेसका महिला सदस्य नन्जिता ढकालले ६३७ मत प्राप्त गरी विजयी भएकी छन भने दलित महिला सदस्य सावित्रा नेपालीले ६०६ मत ल्याएकी छन ।
नेपाली कांग्रेसका खुल्ला सदस्यहरुमा पुर्ण प्रसाद कडेलले ५९५ र हिम बहादुर घर्तीले ५६५ मत ल्याएर निर्वाचित भएका छन ।

यस्तै वडा नं ७ मा नेकपा एमालको प्यानल नै विजयी भएको छ । वडा नं ७ को.वडाध्यक्षमा नेकपा एमालेका रुद्र बहादुर नेपाली निर्वाचित भएका छन । उनले ७४६ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धीे नेपाली कांग्रेसका छविलाल गेलाङ मगरले ४४२ नेकपा माओवादी केन्द्रका मोहनदिप विकले १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेम बहादुर खाम्चाले ५ मत प्राप्त गरेका छन ।

यसैगरी नेकपा एमालेका महिला सदस्य मैसरा वुढाथोकीले ७७४ मत प्राप्त गरी विजयी भएकी छन भने दलित महिला सदस्य सुनीता कामीले ७६१ मत ल्याएकी छन ।
नेकपा एमालेका खुल्ला सदस्यहरुमा छविलाल विरकट्टाले ८८६ र पृथ्वी बहादुर वुढाले ६६५ मत ल्याएर निर्वाचित भएका छन ।


तपाईको प्रतिक्रिया