जुम्ला पातारासी गाउँपालिका अध्यक्षमा कांग्रेसका बोहरा विजयी

जुम्ला। जुम्लाको पातारासी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी हुनु भएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया विजयी हुनु भएको छ ।

अध्यक्ष बोहराले दुईहजार सातसय ६८ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्ष माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी अध्यक्षका प्रत्यासी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बुढा दुई हजार चारसय ६३ मत प्राप्त गर्नुभएको छ ।


तपाईको प्रतिक्रिया