जाजरकोटको शिवालयमा गठबन्धन विजयी, अध्यक्ष शाहीसङ्ग योगी ५ सय ८५ मतले पराजित

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गीता कुमारी शाही निर्वाचित भएका छन ।

मतगणनाको अन्तिम परिणाम अनुसार नेपाली काँग्रेसका शाहीले ३ हजार ३ सय ३ मत ल्याई रहँदा नेकपा एमालेका रंगनाथ योगीले २ हजार ७ सय १८ मत ल्याएका छन् । उनीहरुबीच ५ सय ८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २ सय ४० मतको फराकिलो अन्तरले उछिनेकी छन । माओवादी केन्द्रकी शाहीले २ हजार ६ सय ५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २ हजार ४ सय २९ मत मात्रै प्राप्त गरेकी हुन ।

तपाईको प्रतिक्रिया