भेरीगंगामा १ सय ८५ मतले एमालेका ढकाल अगाडी


सुर्खेत । भेरीगंगा नगरपालिकामा ७ हजार ४ सय ६६ मत गणना गर्दा नेकपा एमालेका यज्ञ प्रशाद ढकाल १ सय ८५ मतले अग्रता लिएका छन् । भने उनका निकटतम प्रतिसप्रधी गठबन्दन दल नेपाली कांग्रेसका राम बहादुर सिंहले उनला पच्छाईरहेका छन् । वडा नम्वर १, २, ३, ४ र ५ नम्वर को मत गणना गर्दा ढकालले ३ हजार ४ सय १२ मत प्राप्त गरेका छन् भने सिंहले ३ हजार २ सय २७ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा गठबन्धन दल नेकपा माओवादीका नरेन्द्र कार्कीले ३ हजार ३ सय ४१ मत प्राप्त गर्दा नेकपा एमालेकी धनसरा बोहोराले ३ हजार १२ मत प्राप्त गर्दा गरेकी छन् । अहिले सम्म वडा नम्वर १ मा नेपाली कांग्रेसका दिनेश पुलामी वडा नम्वर २ मा नेकपा माओवादीका चिरन्जीवी बुढा वडा नम्वर ३ मा नेपाली कांग्रेसका जित बहादुर नेपाली, वडा नम्वर ४ मा नेकपा एमालेका गंग बहादुर खत्री र वडा नम्वर ५ मा नेकपा एमालेका प्रेम बहादुर सारु वडा अध्यक्षमा निर्वाचीत हुनु भएको छ ।


तपाईको प्रतिक्रिया