भेरीगंगामा एमालेको सुरुवाती अग्रता

भेरीगंगा । भेरीगंगा नगरपालिका वडा नम्वर १ मा ३ सय ४८ मत गणना हुदाँ नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार यज्ञ प्रशाद ढकालले १ सय ५५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राम बहादुर सिंहले १ सय ५३ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा भने नेकपा एमालेकी धनसरा बोहोरा र नेपाली कांग्रेस र माओवादीका साझा उम्मेदवार नरेन्द्र कार्कीले बराबर १ सय ५३ मत प्राप्त गरेका छन् ।
यस्तै वडा अध्यक्षहरुमा नेकपा एमालेका दुश्मन शर्माले १ सय ५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका दिनेश पुलामीले .७९ र नेकपा माओवादीकी सम्झाना कार्कीले ९६ मत प्राप्त गरेका छन् ।
यस्तै वडा नम्वर २ मा ४ सय १ मत गणना हुदाँ यज्ञ प्रशाद ढकालले २ सय १० र नेपाली कांग्रेसका राम बहादुर सिंहले १ सय ३२ मत प्राप्त गरेका छन् । यस्तै उपप्रमुखमा एकालेकी धनसरा बोहोराले १ सय ५६ र गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कार्कीले १ सय ७६ मत प्राप्त गरेका छन् ।
यस्तै वडा अध्यक्षहरुमा नेकपा एमालेका मदन बुढा १ सय ६१ नेपाली कांग्रेसका कर सिं रावतले १ सय र नेकपा माओवादीका चिरन्जीवी बुढाले १ सय १८ मत प्राप्त गरेका छन् ।


तपाईको प्रतिक्रिया