कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत सेवा अवरुद्ध

सुर्खेत । कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा समस्या हुँदा विद्युत सेवा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो आएको हावाहुरीसहितको पानीले कोहलपुर–सुर्खेत खण्डको ३३ केभी लाइनमा विद्युत सेवा अवरुद्ध भएको हो ।

हावाहुरीले विद्युतका पोल समेत ढालेकाले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत लगायतका सात जिल्ला स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।

राष्ट्रिय प्रशारण लाइन जोडिएका कर्णालीका सुर्खेत, दैलेख, जुम्ला, कालिकोट, जाजरकोट, सल्यान र रुकुमपश्चिम जिल्लामा विद्याुत सेवा अवरुद्ध भएको छ ।

नेपाल विधुत प्राधिकरण सुर्खेतका अनुसार जिल्लाभरका विभिन्न ठाउँमागरी करिब एकसय पोलहरु ढलेका जनाएको छ । साथै सुर्खेतमा अधिकांश ठाउमा रुख ढलेर विद्युतका पोलहरुमा खसेर पोल ढालेर विद्युतिय संरचना क्षति पुगेको जनाएको छ ।

यस्तै, प्राधिकरण सुर्खेतले विद्युतिय संरचना क्षति पुगेको कसैले देखेमा प्राधिकरणलाई खबर गर्न समेत अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया