रुकुम पश्चिममा गाडीले ठक्कर दिँदा भोट हाल्न जाँदै गरेका १ जनाको ज्यान गयो

सुर्खेत – रुकुम पश्चिममा गाडीको ठक्करबाट एक जना मतदाताको ज्यान गएको छ । नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार जनक बाँठामगर चढेको लु ३ च ३३ १० नम्बरको गाडीको ठक्करबाट बाँफिकोट गाउँपालिका वडा नम्बर ७ का ७० वर्षका प्रवीण खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीको ठक्करबाट घाइते खत्रीको सल्ले अस्पतालमा पुर्‍याएपछि ज्यान गएको हो । खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै हुनुहुथ्यो, भने बाँठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा गाडीले ठक्कर दिएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई पक्राउ गरेको छ ।

तपाईको प्रतिक्रिया