टायर बाल्ने २ बालक प्रकाउ, विप्लपद्वारा प्रयोग भएकाे शंका

सिपि कार्की
सुर्खेत । सुर्खेतको पुर्वी क्षेत्रमा पर्ने भेरीगंगा नगरपालिका १२ मसिना बाट बिच सडकमा टायर बालिरहेको अबस्थामा २ बालकलाई इलाका प्रहरी कार्यालय छिन्चुले नियन्त्रणमा लिएको छ ।
बिच सडकमा ५ ६ जना मिलि टायर बाली रहेका केही भागेका थिए भने २ जनालाई नियन्त्रणमा लिइएको थियो ।
किन कस्ले यो कार्य गर्न लागायो भनी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाईंले जानकारी दिए ।
नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेकपाका कार्यकर्ताले बालबालिका लाई आज नेपाल बन्दको दिन प्रयोग गरेको शंका गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया