भेरीगंगामा विप्लवको गोली चल्यो, मोटरसाइकलमा आगजनी

सुर्खेत । सुर्खेतको पुर्वी क्षेत्रमा पर्ने भेरीगंगा नगरपालिकामा विप्लव समूहले गोली चलाएको छ । बन्द सफल पार्नको लागि आइतबारदेखीनै विप्लवले विभिन्न स्थानमा भिविन्न किसिमको क्रियाकलाप गरिहेको छ ।
यसै क्रममा भेरीगंगा नगरपालिमा सोेमबार बिप्लव नेतृत्वको करिव ७ जनाको अज्ञात समूहले मोटरसाईकलमा आगजनी समेत गरेका छन ।
भेरीगंगा नगरपालिका वडा नम्बर–१२, छिन्चु बजारदेखी सोही नगरपालिका वडा नम्बर–३ डुङ्गी खोला तर्फ जाँदै गरेकको भे ८ प १८९६ नम्बर मोटरसाइकलमा आगजनी गरेको मोटरसाईकल धनी टिकाराम मिजारले बताए ।
इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार मोटरसाइकल मालिक कोहलपुरका टिकाराम मिजारलाई आफुहरुले बन्द गरेको समयमा मोटरसाईकल चलाएको भन्दै गोली हानी आफुहरुलाई त्रसित बनाई मोटरसाइकलमा आगजनी गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया