पूर्वमन्त्री बस्नेत सडक दुर्घटनामा परी घाइते

सल्यान। नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेत सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परी बस्नेतसहित १० जना घाइते भएका छन भने बस्नेतको टाउकोमा चोट लागेको प्रहरीले बताएको छ ।
सल्यानबाट दाङतर्फ जाँदै गरेको बस्नेत सवार बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको ना अ प ९४१ नम्बरको एम्बुलेन्ससँग आज बिहान ११ बजे ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर उपमहानगर ३ राणा गाउँमा बोलेरो र एम्बुलेन्स ठोक्किएको हो ।

घाइते बस्नेतको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया