सुर्खेतको गुर्भाकोट नगरपालिका ११ का वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका बिसीले मतदातालाई पैसा बाँडेको सूचनाका आधारमा हिजो उहालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गए राति वडाको एक वस्तीमा रहेका मतदाताको घरमा पुगेर उम्मेदवार बिसीले पैसा बाँडिरहेको भन्ने सूचनापछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले खानतलासी गर्दा विसीको साथबाट १ लाख १ हजार रुपैयाँ झोलामा राखेको अवस्थामा फेला पारेको जनाएको छ।
नियन्त्रणमा लिएर गुर्भाकोटमै रहेको इलाका प्रहरी कार्यालयमा राखि उहामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। nepalsamaya


दर्शन खबर । २९ बैशाख २०७९, बिहीबार