डोल्पामा २४ वर्षिय एक म्यादी प्रहरीको मृत्यु

डोल्पा । डोल्पामा २४ वर्षिय एक म्यादी प्रहरीको मृत्यु भएको छ ।डोल्पाको काईके गाउँपालिका–४ का २४ वर्षिय सुरेन बिकको मृत्यु भएको हो । उनी डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ मा शहीद दशरथ चन्द्र आवासीय माध्यमिक विद्यालयमा निर्वाचन सुरक्षार्थ खटिएका थिए ।

विकले दुई दिनअघि पेट दुखेको बताएको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले बताए ।

तपाईको प्रतिक्रिया