सिम्तामा त्रिपक्षीय झडप, ४ जना घाइते, १ काे अवस्था गम्भीर


दुर्गा विसि
सुर्खेत । सिम्ता गाउँपालिकामा गएराती त्रिपक्षीय झडप भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र प्रहरी विच झडप भएको हो । भडपमा प्रहरीद्वारा स्थानीय कुटिएका छन् । चुनावी प्रचारप्रसारकोे विषयमा एमाले र कांग्रेसका कार्यकर्ता बिचमा सामान्य विवाद उत्पन्न भइ स्थिति सामान्यिकरण भएर आआफ्नो घर गएको समयमा सिम्ताको बादेपिपल प्रहरी घरमै पुगेर सथानियलाई निर्घात कुटपिट गरेको स्थानियको भनाई रहेको छ ।
ईलाका प्रहरी चौकी बादेपिपलका डिएसपी सुर्य थापाको टोलिले राति अवेर दुई वजे घर भित्र पसेर पुर्णध्वज शाहि, दिपा शाहि, होम कुमारी शाहि र इन्द्र विक सहित उनको वृद्धा आमालाइ समेत रक्तामे हुने गरि वुट र लाठीचार्ज गरेको थियो । उनिहरु आफुहरु प्रचारप्रसारमा नगएको र कुनैसँग झैझगडा नगरेको अनुनय विनय गरि पनि हान्न नछोडेको उनीहको बनाई रहेको छ । निर्दोष स्थानीय माथि कुटपिट भएको घटना माथि सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसिले निन्दा व्यक्ति गरेका छन् ।
दलिय र राज्य शक्तिको चर्म दुरुपयोग गर्दै सत्तारूढ दलको आडमा डिएसपी थापाले आतंक सृजना जनाएको छ । यसको प्रतिकारमा सिम्तालि जनताले आन्दोलन गर्ने र यसको सम्पुर्ण जिम्मेवारी उनैले लिने समेत वताएको छ । प्रहरी कुटाइबाट शक्त घाइते इन्द्र विक नेपालगञ्ज मेडिकल कलेजमा उपचारत छन् उनको अवस्था गम्भीर रहेको जनाएको छ । तर प्रहरीले झडपमा लाठि लागेको जनाएको छ भने उता एमाले समर्थक नेता तथा कार्यकर्ताले छानिछानि घर घर पसि प्रहरीले एमाले शुभ चिन्तक र कार्यकर्ताहरुमा आतंक सृजित गरेको जनाएका छन् ।
यसको छानवीन गरि दोषि उपर कारवाहि नभए उत्पन्न परिस्थितिको जिम्मेवार स्व प्रहरी नै हुने एमाले सिम्ताले जनाएको छ । घरमा सुतिरहेका नागरिक छानिछानि कुटपिट भएको घटना प्रती एमाले सिम्ताले खेद प्रकट गरेको छ ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राम प्रशाद घर्तीले कांग्रेस र एमालेका कार्यकर्ता विच भनाभन हुने क्रममा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको र ४ जना स्थानिय सहित ४ जना प्रहरी सामान्य घाईते भएको बताए ।
मौन अवधी सुरु हुनै लाग्दा जामुने बजार नजीकै भिडभाढ भएपछी प्रहरीले सम्झाउदा नमाने पछी लठ्ठी चार्ज गर्नु परेको प्रवक्ता घर्तीले बताए ।

 

तपाईको प्रतिक्रिया