आयोनले गरेको नमुना मतदानमा २८६ मत सदर

सुर्खेत । नेपाल युवा संस्था सञ्जाल आयोन ले गरेको नमुना मतदान कार्यक्रममा २८६ मत सदर भएका छन् ।

संघले वीरेन्द्रनगर नगरपालिका–२ मा गरेको नमुना मतदान कार्यक्रममा २८६ म सदर भएका हुन् ।स्थानीय तह निर्वाचन–२०७९ लाई लक्षित गर्दै आयोनले नमुना मतदान कार्यक्रमको आयोजना गरेको थियो ।

आयोनकी युवा अभियान्ता सम्झना सुनारले उक्त मतदान कार्यक्रममा ४२ जनाले भाग लिएका बताइन् । सुनारले जम्मा २९४ मतमा ४ वटा मत बदर र ४ मत खाली भेटिएका र २८६ मत सदर भएका जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया