दैलेखमा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु 

दैलेख। दैलेखको भैरबी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

प्रहरी चौकी भैरबी दैलेखका अनुसार हिजो दिउँसो २ बजेको समयमा डुबेर मृत्यु भएको हो ।

भैरबी गाउँपालिका २ तिप्तडा स्थित कुन्टे तलाउमा पौडि खेल्ने क्रममा दुल्लु नगरपालिका ८ का १८ वर्षीय गोविन्द भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त तलाउमा भण्डारीसहित १२ जना युवाहरु पौडी खेलिरहेको समयमा भण्डारीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया