सीमा नाका आज रातिदेखि बन्द हुने

नेपालगञ्ज। स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियाको भारतसित जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुने भएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागेको जानकारी दिए।

शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउन मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्म सीमा नाका बन्द हुनेछ।

यस्तै दुई देशका सीमा क्षेत्रमा मदिराबेचबिखन र सेवनमा रोक लगाइएको छ। बाँकेसँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर तथा बर्दियाको ८२ किलोमिटर क्षेत्र पर्छ।

तपाईको प्रतिक्रिया